Like us!
Follow us!
Connect us!
Watch us!

९.९४ अंकले बढ्यो सेयर बजार, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार

नेप्से

बुधबार, ०५ फागुन २०७७, १५ : ११ मा प्रकाशित

९.९४ अंकले बढ्यो सेयर बजार, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार

आज (बुधबार) पनि सेयर बजारले उकालो यात्रा तय छ । आज सेयर बजार सामान्य अंकले बढेको हो ।

आज नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १.४७अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३  करोड ५५ लाख १०  हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ७ वटा उपसमूहहरुको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६९ करोड ४३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:-

602ce1f77899a.JPG 602ce1fa01bdc.JPG 602ce1fc04450.JPG 602ce1fe00957.JPG 602ce20255430.JPG 602ce20257211.JPG 602ce20271d40.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको