Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेशसभा भंग हुन सक्छः मुख्यमन्त्री राई

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १७ : ४४ मा प्रकाशित

प्रदेशसभा भंग हुन सक्छः मुख्यमन्त्री राई

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् ।  नेकपाको विभाजन संगै राई बिरुद्ध गत पुस १२ गते नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 

अविश्वासको प्रस्तावमा प्रचण्ड माधव समूहका ३७ जना  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका पाँच जनाले प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् । तर पनि राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत भने पुग्दैन । प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था देखिएपछी सत्ता पक्षले नै प्रदेशसभा अवरुद्ध गर्दै आएको छ।

मुख्यमन्त्री राईले अनलाइनखबर संगको कुराकानीमा ‘म प्रदेशसभा भंगको पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह) को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको