Like us!
Follow us!
Connect us!
Watch us!

गैरआवासीय नेपाली संघका अध्यक्ष र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बीच भेट

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १३ : २९ मा प्रकाशित

गैरआवासीय नेपाली संघका अध्यक्ष र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गौरिशंकर चौधरी बीच वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितका बिषयमा छलफल भएको छ ।

सुरुमा अध्यक्ष पन्तले संघको तर्फबाट श्रम तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ती हुनु भएकोमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । उहांले संक्षिप्तमा मन्त्रीज्यू समक्ष संघका गतिविधिहरुका बारेमा जानकारी गराउंदै संघका तर्फबाट तीन प्रस्ताव १. वैदेशिक रोजगार बोर्डमा श्रमिकहरुले जम्मा गरेका रकम उनीहरुका बृहत्तर हितमा प्रयोग गर्न पर्ने २. रोजगार सम्मेलनको आयोजना गर्ने ३. रोजगारबाट प्राप्त बिप्रेषणको वित्तिय संस्थाहरुले प्राप्त गर्ने रकम मध्यबाट एक पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने प्रस्ताव पेश गर्नु भएको थियो । अध्यक्ष पन्तले वैदेशिक रोगारीमा गएकाहरुलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न संघले अघि सारेको न्यूनत्तम रु दश अरबको सामूहिक लगानीको र श्रमिक बैंकको अवधारणा माथि समेत प्रकाश पार्नु भएको थियो।

सो अवसरमा उपाध्यक्ष डा. बद्री के. सी. ले कोभिड–१९ का कारण नेपालमा झण्डै दुई लाख श्रमिकहरु फिर्ता आएका र उनीहरुलाई रोजगारी दिन प्रस्तावित श्रमिक सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार बोर्डका प्रमुखहरु संग संयुक्त रुपमा बैठक आयोजना गर्नको लागि समेत अनुरोध गर्नु भयो । उहांले सम्मेलनलाई सार्थक बनाउन संघ तथा अन्य निकायहरुसंग वैदेशिक रोजगारीबाट फर्केकाहरुको सिपको तथ्यांक समेत रहेको औंलाउंदै वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सामाजिक सुरक्षाको अवधारणा समेत कार्यान्वयनमा ल्याउन पर्ने सुझाव पेश गर्न भयो । वैदेशिक रोजगारीमा रहेका र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुको राहत तथा उद्धारमा संघले गरेका कामका बारेमा परियोजना प्रवन्धक राजेन्द्र राउतले अवगत गराएका थिए ।

श्रम मन्त्रीज्यूले शुभकामनाको लागि धन्यवाद व्यक्त गर्दै आफू यस क्षेत्रमा नयां भएकोले धेरै बिषयहरुमा जानकारी लिंदै गरेको र वैदेशिक रोजगारका क्षेत्रमा संघका सुझावहरुका लागि अनुरोध गर्नु भयो । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सहयोग गर्न रकामान्तर गर्ने प्रकृया झन्झटिलो रहेकोले प्रकृया सरलकृत गर्न मन्त्रालय लागेको अवगत गराउनु भयो । उहांले संघले अघि सारेको वैदेशिक रोजगार सम्मेलनको आयोजना गर्ने बिषयमा मन्त्रालय गम्भिर रहेको र छिटै सबै सरोकारवालाहरु बीच छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सो छलफलमा संघका उपध्यक्ष सोनाम लामा, लाप्राक परियोजनका सहसंयोजक श्याम तामाङ्ग र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको