Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्त - नाफा र ईपीएसमा सुधार,कति छ लाभांश क्षमता ?

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १० : ४१ मा प्रकाशित

स्वरोजगार लघुवित्त -  नाफा र ईपीएसमा सुधार,कति छ लाभांश क्षमता ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सन्तोषजनक आर्थिक प्रगति हासिल गरेको छ। 

१६ करोड रुपैयाँ खुद नाफा

चालू आर्थिक वर्षको चैत मसान्तसम्म स्वरोजगार लघुवित्तले १६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११९ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

खुद ब्याज आम्दानी/सञ्चालन नाफा

चालू आवमा कम्पनीको याँ खुद ब्याज आम्दानी ४३ करोड ८६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। गत वर्ष कम्पनीले २६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अवधिमा कम्पनीको सञ्चालन नाफा  २१ करोड रुपैयाँ नाघेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ सय प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीले  ७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो।

चुक्ता पूँजी/जगेडा कोष

यो अवधिमा चुक्ता पूँजी ६९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ४१ लाख रुपैयाँ र रिजर्भमा करीब २९ करोड रुपैयाँ रहेको छ।

कर्जा प्रवाह/निक्षेप संकलन

चैत मसान्तसम्म कम्पनीले ४ अर्ब ३० करोड रुपैयाँ सापटी लिएर ९ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह र ४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

वितरणयोग्य नाफा/खराब कर्जा

यो अवधिमा खराब कर्जा समेत सुधारेर ५.३९ प्रतिशतमा झरेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा र कुल वितरणयोग्य नाफा (लाभांश क्षमता) २० करोड ४१ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गत वर्ष कम्पनीको ईपीएस १४ रुपैयाँ ५४ पैसा रहेकोमा यस वर्ष बढेर ३० रुपैयाँ ९३ पैसा पुगेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको