Like us!
Follow us!
Connect us!
Watch us!

कान पवित्र गर्न बजेट सुनाइएको हैन, कार्यान्वयन हुन्छ - अर्थमन्त्री पौडेल

अर्थ संसार

शुक्रबार, १६ जेठ २०८२, १३ : ५४ मा प्रकाशित

कान पवित्र गर्न बजेट सुनाइएको हैन, कार्यान्वयन हुन्छ - अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा विशेष जोड दिने बताएका छन्। बजेट सार्वजनिक भएको भोलिपल्ट शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले बजेट केवल सुनाउन नभइ कार्यान्वयन गर्न ल्याइएको दाबी गरे।

'कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,' उनले भने, 'बजेटको आकारभन्दा पनि आम्दानी र खर्चको सन्तुलनमा आधारित व्यावहारिक बजेट हो।'

उनका अनुसार बजेटमा उठाइएका लक्ष्यहरू प्राप्त गर्न सकिने दायराभित्र छन्। आन्तरिक ऋणको सीमा जीडीपीको ५.५ प्रतिशत तोकिए पनि त्यो पूरा प्रयोग नगरिएको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले विकास निर्माणका लागि वैकल्पिक वित्त स्रोत र कोषको परिचालनमा पनि सरकार अगाडि बढ्ने बताए। 'विकासका निम्ति वैकल्पिक वित्त स्रोत तथा कोषको प्रयोग गर्ने भनेका छौँ,' उनले जोड दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको