Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा एमालेको 'सडक कूटनीति': प्रधानमन्त्री ओलीबाट एकैचोटि ६४ सडक शिलान्यास हुँदै

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, ०७ : ५१ मा प्रकाशित

नेकपा एमालेको 'सडक कूटनीति': प्रधानमन्त्री ओलीबाट एकैचोटि ६४ सडक शिलान्यास हुँदै

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । 


प्रधानमन्त्री ओली भोली जनकपुरधाम स्थित निधी भवनमा डिजिटल प्रविधीबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक÷एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्।


कुल ३२० किलोमिटर सडक निर्माणका लागि तिन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुबर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताईएको छ।


मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्।

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको