Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको नाफा २०.७६ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १६ : ०१ मा प्रकाशित

नेशनल हाइड्रोपावरको नाफा २०.७६ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनीले एक करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यो नाफा रकम गत आर्थिक वर्षकाे सोहि अवधिको तुलनामा २०.७६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले एक करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर ५ करोड ४५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ५ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियाे । 

कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ र जगेडा कोष ३२ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७६.५७ रुपैयाँ रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

602f9043e59a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको