Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी १० कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

बुधबार, १२ फागुन २०७७, १५ : ३३ मा प्रकाशित

बुधबार यी १० कम्पनीका लगानीकर्ता मालामाल

आज बुधबार सेयर बजारले उकालो यात्रा तय गरेको छ उतारचढावका बीच बजारले उकालो यात्रा तय गरेको हो  । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ  ।

स्टकका अनुसार आज नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक २.४० अंकले बढेर ४७०.३४  बिन्दुमा पुगेको छ  ।

नेप्सेको अनलाइन ट्रेडिङ सिस्टममा सपस्या देखिँदा केहि समय सेयर बजारमा समस्या देखिएको थियो  । जसले गर्दा बजारमा उतारचढाव देखिएको थियो  ।

त्यसैगरी, आज कारोबार भएका कुल २ सय ४ वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ  ।

बढेको सेयर बजारमा आईएमई जनरल इस्योरेन्स लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल बैंक लिमिटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम-२, एनआईसी एशिया ग्रोथ फण्ड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, तारागाउँ रेजेन्सी होटल लिमिटेड, सिद्धार्थ इक्वीटि फण्ड र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरुले सबैभन्दा नाफा कमाएका छन्  ।

यी हुन् आज सर्वाधिक नाफा गर्ने १० कम्पनी :-

603621424aa3f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको