Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा निफ्राको सेयरको आक्रमक कारोबार

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १४ : ०८ मा प्रकाशित

दोस्रो बजारमा निफ्राको सेयरको आक्रमक कारोबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार आज बिहिबार आक्रमक ढंगले भइरेहको छ । हिजो बुधबार कम्पनीको सेयर कारोबारका क्रममा प्राविधिक समस्या उत्पन्न भयपछी केहि समयका लागि कारोबार रोकिएको थियो ।

बैंकको हिजो प्राविधिक कारणले केहि समय कारोबार बन्दा हुँदापनी ५५ करोड ९९ लाख रुपैया बराबरको सेयर कारोबार भएको हो । गत आइतबारबाट दोस्रोबजार कारोबार प्रारम्भ भएको बैंकको सेयर मूल्य कारोबारको पहिलो हप्ता लगातार सकारात्मक सर्किट लेभलमा भएको थियो ।
कारोबारको ७ सात दिन सम्म लगातार ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको बैंकको सेयर मूल्य मंगलबार भने कारोबारको सुरुवातमा बढेपनी कारोबारका क्रममा १० प्रतिशत ले घट्दा नकारात्मक सर्किट ब्रेक नै लागेको थियो । 

मंगलबारको कारबारमा नकारात्मक सर्किट ब्रेक लागेको कम्पनीको सेयर मूल्य बुधबार पनी ५.३९ प्रतिशले घटेर ५६२ रुपैयाँ पुगेको थियो । आज पनि कम्पनीको सेयर मूल्य घटेर अहिले ५४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  

आज यो समाचार तयार हुँदा सम्म बैंकको ७३ करोड ४२ लाख रुपैया भन्दा बढिको सेयर कारोबार गर्दै सर्वाधिक कारोबार हुने कम्पनीको शिर्ष स्थानमा रहेको छ । जबकी आज सर्वाधिक कारोबार गर्ने कम्पनीको दोस्रोे नम्बरमा रहेको नेपाल बैंक लिमिटेडको १५ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । आज अहिले सम्म कम्पनीको १३ लाख ४६ ह्जार भन्दा बढि कित्ता सेयरको कारोबार भइसकेको छ । 

कम्पनीको सेयर मूल्यमा लगातार गिरावट आउन थालेपछि दोस्रोबजारमा बिक्रेताहरुको चाँप देखिन थालेको छ ।      
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको