Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तले गर्यो सेयरधनीलाई कर तिर्न आग्रह

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १६ : १९ मा प्रकाशित

वोमी लघुवित्तले गर्यो सेयरधनीलाई कर तिर्न आग्रह

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई बाेनस शेयर वितरणकाे लागि कर बापतकाे रकम जम्मा गर्न आग्रह गरेकाे छ । 

संस्थाले २०६७ साल मंसिर ३० गतेदेखि २०७७ साल पाैष १४ गतेसम्म शेयर खरिद गरी कायम भएका शेयरधनीहरूलाई संस्थाकाे पाैष २८ गते सम्पन्न नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे ३० प्रतिशतका दरले बाेनस शेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेकाे हाे । शेयरधनीहरूले संस्थाकाे शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँ वा कुमारी बैंक लिमिटेडकाे कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतकाे रकम जम्मा गरी आफ्नाे बाेनस शेयर प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, संस्थाले बुकक्लाेजकाे समयमा शेयर राेक्का रहेका शेयरधनीहरूकाे बाेनस शेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएकाे छ । हालसम्म आफ्नाे शेयर अभाैतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नाे शेयर  अभाैतिकीकरण गराएपछि मात्र बाेनस प्राप्त गर्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6038cd7b5cd3e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको