Like us!
Follow us!
Connect us!
Watch us!

आज यी दश कम्पनीका लगानीकर्ताले सर्वाधीक गुमाए

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, १५ : ३२ मा प्रकाशित

आज यी दश कम्पनीका लगानीकर्ताले सर्वाधीक गुमाए

साताको पहिलो दिन आज (आइतबार) पनि सेयर बजार राताम्मै भएकाे छ । 

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेको छ । नेप्से ३.१२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १४.५३  अंकले घटेर ४४७.२९ मा पुगेको छ । कूल २०७ वटा कम्पनीको एक करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएको छ । 

राताम्मै बजारमा गणपती माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि नोक्सानी व्यहोर्नु परेको छ । त्यसपश्चात क्रमश: नेपाल फाइनान्स लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), नेपाल हाइड्रो डेभलपर लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, लिबर्टी एनर्जी कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र अरुण भ्याली डेभलपमेन्ट हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 

603b67dded251.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको