Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोले आज आइपिओ बाँडफाँड गर्ने

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, ०८ : १६ मा प्रकाशित

सिंगटी हाइड्रोले आज आइपिओ बाँडफाँड गर्ने

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म  आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) काे बाँडफाँड आज (फागुन १७ गते, साेमबार) बाँडफाँड हुँदैछ । आइपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसाे ३:३० बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएकाे छ । 

उक्त आइपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । याे आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएकाे भन्दा २०.३७ प्रतिशत बढी आवेदन हाे ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको