Like us!
Follow us!
Connect us!
Watch us!

पहिराे गएको बजारमा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल

नेप्से

मंगलबार, १८ फागुन २०७७, १५ : २४ मा प्रकाशित

पहिराे गएको बजारमा पनि यी कम्पनीका लगानीकर्ता भने मालामाल

आज मंगलबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसुचक ५९.७० अंकले घटेर २४५५.३३ को बिन्दुमा पुगेको छ । 

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सुचिकृत २८३ कम्पनी मध्यमा जम्मा १० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने अन्य सबै कम्पनीको सेयर मूल्य ओरालो लागेको नेप्सेले जनाएको छ । 

आज सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनी रहेको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएर ९ हजार २ सय ९३ रुपैयाँ पुँगेको छ । 

आज सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा चन्द्रागिरी हिल्स,हिमालयन पावर पार्टनर,हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी,महालक्ष्मि बिकास बैंक प्रमोटर सेयर,गुडविल फाइनान्स,मेरो माइक्रोफाइनान्स बित्तिय संस्था,नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२,आइसिएफसी डिबेन्चर २०८३ र एनआईसी एसिया डिबेन्चर २०८२ रहेकाछन् । 

603e0a4275d51.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको