Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, १७ : ४८ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणस सेयर (आईपीओ)  निश्कासन गर्ने भएको छ ।  आइपीओ निश्कासनको लागि सन्राइज क्यापिटल लिमिटेललाई निश्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अकिंत दरको ३५ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने लागेको हो ।  कुल कित्ताको स्थानीय प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता  छुट्टयाईएको छ । 

आईपीओ निश्कासनको लागि मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।

हाइड्रोपावर कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत  बिजयलाल श्रेष्ठले हाइड्रोपावर कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन, काठमाण्डौमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ७ मे.वा. क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट मिति २०७४/१२/१२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

मिति २०७७/१०/२५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । उक्त निर्णय पश्चात सेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गरिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको