Like us!
Follow us!
Connect us!
Watch us!

‘सनराइज ब्लुचिप फन्ड’ का इकाई चैत १ गतेदेखि निष्कासन हुँदै

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, ११ : ५६ मा प्रकाशित

‘सनराइज ब्लुचिप फन्ड’ का इकाई चैत १ गतेदेखि निष्कासन हुँदै

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने १ अर्ब रुपैयाँ बराबरको 'सनराइज ब्लूचिप फण्डको' इकाई चैत १ गतदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ । यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो । कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानी कोष योजना बन्दमुखी योजना हो ।

कुल इकाईमध्ये सनराइज बैंकलाई १५ प्रतिशत वा एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । लगानीकर्ताले उक्त इकाई न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इकाई बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?
इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै, मेरो सेयर सफ्टवेयर र मेरो सेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको