Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

नेप्से

बुधबार, १९ फागुन २०७७, १५ : ४९ मा प्रकाशित

सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

सेयर बजारले आज (बुधबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । आज पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० मा पुगेको छ ।

कूल २१२ वटा कम्पनीकाे एक कराेड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार १ सय ३५ रुपैयाँ बराबरको कारोबार भएकाे छ । 

सेयर बजार घट्दा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल टेलिकम, सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । 

603f5f65dc6d1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको