Like us!
Follow us!
Connect us!
Watch us!

फर्कियो सेयर बजारको रौनक, सबै उपसमूहमा हरियाली

अर्थ संसार

विहीबार, २० फागुन २०७७, १३ : १२ मा प्रकाशित

फर्कियो सेयर बजारको रौनक, सबै उपसमूहमा हरियाली

दुई दिन लगातार ओरालो लाग्दै राताम्य बनेको सेयर बजारमा साप्ताहिक कारोबारको अन्तिम दिन आज बिहिबार भने हरायाली छाएको छ । सेयर बजारमा हरियाली छाएसंगै लगानीकर्तामा पनि रौनकता फर्किएको हो ।   

आज बिहिबारको कारोबारमा नेप्से परिसुचक भारी अंकले बृद्धि हुदाँ सबै उपसमूहहरुमा हरियाली छायको छ । आज यो समाचार तयार पार्दासम्म नेप्से परिसुचक ७८.०८ अंकले बढेर २४९४.०८ को बिन्दुमा पुगेको छ । 

अहिले सम्म नेप्से परिसुचक ७८ अंकले बृद्धि हुँदा ३ अर्ब भन्दा बढि रकमको सेयर कारोबार भइसकेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । मंगलबार र बुधबारको कारोबारमा मात्र नेप्से परिसुचकमा ९९ अंकको गिरावट आएको थियो ।    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको