Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा पनि यी १३ कम्पनीको सेयरमूल्यमा गिरावट

नेप्से

विहीबार, २० फागुन २०७७, १५ : २७ मा प्रकाशित

हरियाली बजारमा पनि यी १३ कम्पनीको सेयरमूल्यमा गिरावट

दुई दिन लगातार ओरालो लाग्दै राताम्य बनेको सेयर बजारमा साप्ताहिक कारोबारको अन्तिम दिन आज बिहिबार भने हरायली छाएको छ । आज बिहिबारको कारोबारमा नेप्से परिसुचक भारी अंकले बृद्धि हुदाँ सबै उपसमूहहरुमा हरियाली छाएको छ ।    

नेप्सेका सम्पुर्ण उपसूचकहरुमा हरियाली छाँउदा पनि केहि कम्पनीका लगानीकर्ताहरुले भने आज पनि नोक्सानी ब्यहोर्न परेको छ । आज सर्वाधिक नोक्सानी ब्यहोर्नेमा एनएमबी ५० का लगानीकर्ताहरु रहेकाछन् आज कम्पनीको सेयर मूल्य ३.४५ पतिशतले घटेको हो ।

आज नेप्सेमा सुचिकृत जम्मा २८३ कम्पनीहरु मध्यमा १३ कम्पनीको मात्र सेयर मूल्य ओरालो लागेको हो । आज सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा आइसिएफसी डिबेन्चर २०८३,एभरेष्ट इन्स्योरेन्स प्रमोटर सेयर,ग्लोबल आइएमई समुन्नत स्किम १,सोल्टि होटल लिमिटेड,नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२,नबिल इक्विटी फण्ड,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ,नेपाल एसबिआई डिबेन्चर २०८६,सानिमा इक्विटी फण्ड र युनिलिभर नेपाल लिमिटेड कम्पनी रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको