Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १० : ५९ मा प्रकाशित

सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

आज (शुक्रबार) पनि स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

हिजो (बिहीबार) तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, अजा तेजावी सुनको मूल्य ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै आज शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको