Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपीओ भर्ने अन्तिम मौका

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १० : ५९ मा प्रकाशित

रुरु जलविद्युतको आईपीओ भर्ने अन्तिम मौका

रुरु जलविद्युत् परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि फागुन ७ गतेबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन बिक्री खुल्ला गरेकाे हाे । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपिओ जारी गर्नेछ । 

कम्पनीकाे आईपीओ निष्कासन बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ। 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6041c053ccef8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको