Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको आईपीओ यसै साता सूचिकृत हुने, कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १३ : १९ मा प्रकाशित

महिला लघुवित्तको आईपीओ यसै साता सूचिकृत हुने, कति पाउला ओपनिङ्ग रेञ्ज ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ ।

हाल संस्थाकाे आईपीओ सूचिकरण प्रक्रियामा रहेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएकाे छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज अथवा भाेलि भित्रमा उक्त आईपीओ लगानीकर्ताकाे खातामा जम्मा हुनेछ । शुक्रबारसम्ममा नेप्सेमा सूचिकृत गराएर अर्काे सातादेखि काराेबार सुरू गर्ने तयारी भइरहेकाे बताइएकाे छ । यस साता २ दिन सार्वजनिक बिदा परेकाे हुनाले सूचिकरण प्रक्रियामा केही प्रभाव पर्न सक्ने बिक्री प्रबन्धकले जनाएकाे छ ।

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ३१३ रूपैयाँ १६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९३९ रुपैयाँ ४८ पैसा हुन्छ ।

6039edf6ccbf3.jpg

संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

कम्पनीको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकबाट २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको थियाे । गोलाप्रथाबाट गरिएकाे बाँडफाँडमा १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पारेका थिए भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे अर्थात् ९७.५ प्रतिशतको हात खाली भएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको