Like us!
Follow us!
Connect us!
Watch us!

आयोगले विगतका नजिर हेरेर नेकपा भित्रको विवाद चाँडै हल गर्नुपर्छः पूर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १७ : ४० मा प्रकाशित

आयोगले विगतका नजिर हेरेर नेकपा भित्रको विवाद चाँडै हल गर्नुपर्छः पूर्व प्रमुख निर्वाचन आयुक्त डा. यादव

पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन् । 

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘निर्वाचन आयोग संवैधानिक संस्था हो । निर्वाचनको मिति घोषणा गरेपछि विशेष किसिमको तयारी गरेर अगाडि बढ्नुपर्छ । विगतमा पनि हामीले आयोगको ईतिहास त्यही पाएका छौं । २०६४, २०७० सालमा पनि निर्वाचन भएकै हो । २०७४ सालमा पनि नयाँ संविधानअनुसार निर्वाचन भएकै हो । अहिले निर्वाचन आयोगको प्रमुख दायित्व छ, निर्वाचन गर्नको लागि तयारी गरेर अगाडि बढ्नको लागि  आयोगले तयारी गरिराखेको छ । आन्तरिक तयारी र बाहिरी हुन्छ । अहिले आयोगले आन्तरिक तयारी गरिाखेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आयोगले सर्वप्रथम निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनुपर्ने पनि सुझाव दिए । उनले भने,‘देशमा जुन अवस्था देखिएको छ, राजनीतिक अवरोध देखिएको छ । निर्वाचनको लागि त वातावरण अनुकुल हुनुपर्छ । नेपालमा अहिले राजनीतिक सुनामी नै आएको अवस्था छ । यस्तो सुनामी इतिहासमा भएको थिएन । फरक किसिमको सुनामी छ । एउटै दलभित्र दुई पक्ष छन् । यो अवस्थामा आयोग अहिले अप्ठ्यारो अवस्थामा छ । निर्वाचनको मिति घोषणा भैसकेको छ । समय कम छ । राजनीतिक दलहरुको अनुकुल वातावरण भएन भने निर्वाचन गर्न गाह«ो छ । महत्वपूर्ण कुरा हो–पोलिटिकल कन्ड्युसिभ ईन्भाईरोमेन्ट ।’

उनले आफूले निर्वाचन सम्पन्न गर्नको लागि पाँच ‘स’ आवश्यक पर्ने कुरा उल्लेख गर्दै आएको सुनाए । उनले भने–‘मैले पाँचवटा ‘स’ भनेको छु । पहिलो कुरा दलहरुबीच समन्वय हुनुपर्छ । दलभित्र समन्वय अत्यन्तै आवश्यक छ । दोस्रो, भनेको सद्भाव हुनुपर्छ दलभित्र । जनताको बीचमा सद्भावना देखाउनुपर्छ ।  र, तेस्रो सहयोग पनि हुनुपर्छ । पारस्परिक सहयोगको आवश्यक हुन्छ । चौथो सहानुभूति र पाँचौ सहकार्य । यी सबै दलका लागि र निर्वाचनको लागि पनि आवश्यक छ ।’

उनले नेपालमा संकटको अवस्थामा पनि दलहरूले आपसमा सहकार्य र समझदारी गरेर आयोगलाई समयमै निर्वाचन सम्पन्न गर्नको लागि सघाएको ईतिहास रहेको सुनाए । ‘अहिले निर्वाचन वैशाख १७ र २७ गते मिति घोषणा छ । तर, मेजर पोलिटिकल पार्टीको विवादले गर्दा हामी अन्यौलमा छौं । जनता अन्यौलमा छौं । निर्वाचन तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्नेबारे अहिले अन्यौलता छ ।’

उनले प्रतिनिधिसभा पूनःस्थापना हुनुपर्छ या हुनुहुँदैन भन्ने सम्बन्धमा पनि सर्वोच्च अदालतमा बहस जारी रहेको सुनाए । उनले भने,‘यो विषय सम्मानित सर्वोच्च अदालतमा सुनुवाईको क्रममा छ । त्यो निर्णयले पनि निर्वाचन हुने वा नहुने निर्धारण छ । त्यसको लागि आयोगले पर्खेर बस्नुपर्ने हुन्छ । निर्वाचन सर्वोच्च अदालतको निर्णयसँगपनि सम्बन्धित छ । अदालतको निर्णय, दलहरुको आपसी सहमति, मुख्य विषय हो–जसले निर्वाचन हुने वा नहुने कुराको निर्धारण छ । निरपेक्ष रुपमा आयोगले हुन्छ भनेरमात्रै अगाडि बढेर हुँदैन् । नेकपाभित्रको विवादपनि हल हुनुपर्छ–निर्वाचनको लागि ।’

उनले अदालतमा निर्वाचनको पक्षमा फैसला आएपनि आयोगले समयमे चुनाव गराउनको लागि दलभित्रको विवाद हल गर्नुपर्ने स्पष्ट पारे । यादवले भने,‘कोर्टबाट निर्वाचन हुने निर्णय आयो भनेपनि पोलिटिकल सुनामी हल हुनुपर्छ । आयोगले नेकपाभित्रको विवाद समयमै टुँग्याउनुपर्छ । यसले निर्वाचन हुने वा नहुने कुराको निक्र्यौल गर्छ ।’

उनले नेकपाभित्रको विवाद हल गर्नको लागि आयोगले विगतका निर्णय÷नजिरलाई आत्मसात् गर्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘राजनीतिक दलसम्बन्धी ऐन छ । जसमा गठन प्रक्रिया, विवाद, भयो भने हल गर्ने विधिहरु छन् । त्यसको आधारमा दलसम्बन्धी धारा ४३ देखि ४६ सम्म जुन व्यवस्था छ, नियामावली छ । आयोगको ऐन छ । संविधानले आयोगको काम र कर्तव्य निर्धारण गरेको छ । त्यसको आधारमा आयोगले निर्णय गर्नुपर्छ ।’

उनले आयोगमा नेकपाका दुवै पक्षले के पत्रहरू पठाएका छन् ? र नेकपाका दुवै पक्षलाई आयोगले के सोधेको छ ? र उनीहरुले के जवाफ पठाएका छन् त्यो महत्वपूर्ण कुरा भएको सुनाउँदै भने–‘हामीसँग पनि आयोगले छलफल गरेको थियो, हामीले कानुनलाई टेकेर सहकार्य गरेर, छलफल गरेर अगाडि बढ्नुपर्छ भनेर भनेका छौं । विगतका निर्णयहरु पनि छन् । दलसम्बन्धी विवाद, एकीकरणको लागि आयोगले गरेका निर्णयहरु नजिर छन् । आयोग कुनै द्धिविधामा पर्नुपर्ने अवाश्यकता छैन् ।’

आयोगमा पूर्व नेकपा माओवादी केन्द्र र पूर्व नेकपा एमाले संयुक्त भएर एकीकरण भएको बखतमा आयोगमा विधान, नियामावली, केन्द्रीय कार्यसमिति लगायतका महत्वपूर्ण दस्तावेजहरु पेश भएको सुनाउँदै त्यसको आधारमा पनि आयोगले नेकपाको विवाद हल गर्नुपर्ने यादवको भनाई छ । उनले भने,‘राजनीतिक दल एकीकरण भैसकेपछि समयमै आयोगलाई जानकारी गराउनुपर्छ । विवाद उत्पन्न भएपछि एकीकरण भएको बेलाको अवस्था के थियो ? भन्ने कुरालाई समातेर अघि बढ्नुपर्छ ।  निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अन्यौलताको अवस्था छ । दलसम्बनधी ऐनमा भएको व्यवस्थाअनुसार बहुमतको आधारमा गरिएको छ । यदि आयोग बढ्दै गरेको हो भने विवाद समाधानको लागि ४४ को ६ र ४७ मा गएर अदालत र ईजलास गठन गरेर निर्णय गर्नुपर्छ । जसको बहुमत छ, यसकै आधिकारिकता हुन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको