Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा निफ्रा अब्बल

नेप्से

आइतबार, २३ फागुन २०७७, १५ : ११ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबारमा निफ्रा अब्बल

साताको पहिलो दिन आइतबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

कूल २११ वटा कम्पनीकाे एक कराेड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ लाख ६६ हजार ४ सय ८० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे मात्र सेयर बढेको छ, भने बाँकी ११ वटा कम्पनीको सेयर घटेको छ । आज हाइड्रो र होटल समूहको मात्र सेयर बढेको हो । 

त्यसैगरी, आज काराेबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले सर्वाधिक कारोबार गरेको छ  । बैंकले ४२ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।
 

आजकाे सेयर तालिका हेर्नुहोस् : 

60449cfb49708.JPG 60449cfd4f8ff.JPG 60449d0096a1b.JPG 60449d0343fb6.JPG 60449d05a8466.JPG 60449d083009a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको