Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलाको ?

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १० : ४९ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलाको ?

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य  बढेको छ ।  

हिजो (आइतबार) तोलाको ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (सोमबार) १ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै, आज (सोमबार) चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय  ६५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको