Like us!
Follow us!
Connect us!
Watch us!

रंगशाला निर्माणका लागि आईपीओ निष्कासनबारे के भन्छन् धुर्मुस ?

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १६ : ०३ मा प्रकाशित

रंगशाला निर्माणका लागि आईपीओ निष्कासनबारे के भन्छन् धुर्मुस ?

पछिल्लाे समय सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेकाे "गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला" सम्पन्न गर्नका लागि आईपीओ निष्कासन गर्न माग गर्दै आईरहेका छन् ।

आईपीओकाे बारेमा चाैतर्फी चर्चा उठ्न थालेपछि धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल अर्थात् धुर्मुसले यस विषयमा बाेलेका छन् ।

उनी भन्छन्, "केही महानुभावहरूले आईपीओ खोल्नुस्, आईपीओ सञ्चालन गर्नुस् र त्यो मार्फत रङ्गशाला निर्माण अगाडि बढाउनुस् भनिराख्नु भएको छ । तर म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, हामी आईपीओ मार्फत जोडिन सक्दैनौँ । किनभने हामी गैर नाफामुलक संस्था हौँ, सार्वजनिक जग्गामा रङ्गशाला ठडि रहेको छ। कम्पनी मार्फत मात्रै हो हामीले आईपीओ सञ्चालन गर्ने, जुन हामी असमर्थ छौँ। हामी हरेक नेपालीको भावना जोडन खोजी रहेका छौँ। कुनै व्यापारीक परियोजनको लागि पनि यो रङ्गशाला बनिरहेको हैन । हाम्रो देशका खेलाडीले खेल्ने एउटा मन्दिर, सबैको योग्दानले बन्ने रङ्गशाला भएको हुनाले सानो भन्दा सानो सहयोग पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । यहाँहरुलाई नलागोस् कि म सँग त केही छैन, तपाईँहरूले मन दिएमा पनि धेरै हुन्छ।"

हाल फाउन्डेसनले विभिन्न माध्यमबाट रंगशाला निर्माणका लागि रकम उठाइरहेकाे छ । भर्खरै मात्र फाउन्डेसनले ‘हाम्रो रंगशाला, मेरो कुर्सी’ अभियान सञ्चालन गरेकाे छ । यस अभियान अन्तर्गत् आफ्नो नाममा कुर्सी लेखाउने व्यक्तिले एक कुर्सी बराबर एक लाख रुपैयाँ फाउन्डेसनलाई सहयाेग गर्नुपर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको