Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, ११ : २० मा प्रकाशित

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

आज (मङ्गलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (मङ्गलबार) ६ सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (मङ्गलबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको