Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुशीको खबर : रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १३ : ४९ मा प्रकाशित

लगानीकर्तालाई खुशीको खबर : रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने

रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले एक सय रुपैयाँ अंकित दरको ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज मंगलबार रिभर फल्स पावरका तर्फबाट मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चाालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको