Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा, नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट

नेप्से

मंगलबार, २५ फागुन २०७७, १५ : १२ मा प्रकाशित

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा, नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा देखिएको छ  । पछिल्लो केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर सेयर बजारले आज (मंगलबार) पनि ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा पुगेकाे छ । नेप्से ०.९३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ मा पुगेको छ ।

कूल २१० वटा कम्पनीकाे एक कराेड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे मात्र सेयर बढेको छ, भने बाँकी १० वटा कम्पनीको सेयर घटेको छ । आज हाइड्रो र होटल समूहको मात्र सेयर बढेको हो । 

त्यसैगरी, आज काराेबारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ  । कम्पनीको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको थियो । त्यसैले कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ६५ करोड ३५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।
 

आजको सेयर तालिका हेर्नुहोस्:-

60474036e3d96.JPG 6047403a8db6b.JPG 6047403d99ce8.JPG 6047404037f80.JPG 60474042c5a7f.JPG 60474044cf7a5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको