Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा लगानीकर्ताको आकर्षण

नेप्से

मंगलबार, २५ फागुन २०७७, १५ : ५५ मा प्रकाशित

हाइड्रोमा लगानीकर्ताको आकर्षण

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा देखिएको छ  । पछिल्लो केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर सेयर बजारले आज (मंगलबार) पनि ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा पुगेकाे छ । नेप्से ०.९३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ मा पुगेको छ ।

कूल २१० वटा कम्पनीकाे एक कराेड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजार घट्दा पनि हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, युनाइटेड फाइनान्स कम्पनी लिमिटेड, पन्चकन्या माइ हाइड्रोपावर लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक नाफा आर्जन गर्न सफल भएका छन् ।

604749f3f10e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको