Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आइपिओमा आवेदनको ओइरो, सर्वाधिक आवेदक संख्याको रेकर्ड तोडिने पक्का

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १८ : ०२ मा प्रकाशित

ज्योति लाइफको आइपिओमा आवेदनको ओइरो, सर्वाधिक आवेदक संख्याको रेकर्ड तोडिने पक्का

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरुको लर्को लागेको छ । कम्पनीको आइपिओमा आवेदन दिन अझै एक दिन बाँकी रहकाले यो कम्पनीको आईपिओमा हाल सम्मकै उच्च संख्यामा आवेदन पर्ने देखिएको छ ।

यसअघि महिला लघुबित्तको आइपिओमा सर्वाधिक १५ लाख ८० हजार आवेदकको आवेदन परेको थियो । 

आज मंगलबार साँझ ५ बजे सम्मा कम्पनीको आईपीओमा १५ लाख ७० हजार ४१४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५७० कित शेयर खरिदको लागि आवेदन परेको आइपिओ बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

यो सर्वसाधारणलाई निष्काशनमा गरिएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो । आज सम्म आवेदन दिनेहरु मध्यबाट ९ लाख ८० हजार ४१४ जना आवेदकको हात खालि हुने निष्चित छ । 

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ  निष्कासन तथा बिक्री खुल्ला गरेको हो । समध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६  गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ मात्र लगानी गर्दा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको