Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, ११ : ०३ मा प्रकाशित

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (मङ्गलबार) तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार) ६ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको