Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर ओरालो यात्रामा सेयर बजार, कारोबार रकममा पनि भारी गिरावट

नेप्से

बुधबार, २६ फागुन २०७७, १५ : ०९ मा प्रकाशित

निरन्तर ओरालो यात्रामा सेयर बजार, कारोबार रकममा पनि भारी गिरावट

पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रा तय गरिरहेको आज (बुधबार) पनि घटेको  छ । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो । 

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले बढेर  ४४५.२३ मा पुगेको छ ।

कूल २ सय ५  वटा कम्पनीकाे ७८ लाख १६ हजार ८ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १ करोड ४ लाख ६ हजार ३ सय ३७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर बढेको छ, भने बाँकी ६ वटा कम्पनीको सेयर घटेको छ । 

त्यसैगरी, आज काराेबारमा नेपाल टेलिकमले सर्वाधिक कारोबार गरेको छ  । कम्पनीले ५५ करोड ७० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।

आजको सेयर तालोका हेर्नुहोस् :-

6048913051b8e.JPG 6048913562085.JPG 60489138bfa69.JPG 6048913b2f0a1.JPG 6048913e58bf9.JPG 6048914121a3d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको