Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थसंसार

शुक्रबार, २८ फागुन २०७७, ११ : ०५ मा प्रकाशित

शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (शुक्रबार) ६ सय रुपैयाँले घटेर तोलाको ८६  हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (शुक्रबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको