प्रिमियर इन्स्योरेन्सले साधारणसभाको मिति तय गरेको छ । कम्पनीले चैत्र २३ गतेका लागि साधारणसभाको मिती तय गरेको हो ।
सभाले लाभांश सहितका विभिन्न प्रस्तावमा छलफल गरी पारित गर्ने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित हाल कायम चुक्ता पुँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ चैत्र ११ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस