Like us!
Follow us!
Connect us!
Watch us!

एमालेमा ओली पक्षको एकल निर्णयः खोसियो नेपाल समूहका सबै नेताहरुको जिम्मेवारी

अर्थ संसार

शुक्रबार, २८ फागुन २०७७, १६ : ३१ मा प्रकाशित

एमालेमा ओली पक्षको एकल निर्णयः खोसियो नेपाल समूहका सबै नेताहरुको जिम्मेवारी

सर्वोच्व अदालतको निर्णयले नेकपा (एमाले) ब्युतायसंगै देशमा नयाँ राजनीतिक तरंग पैदा भएको छ । आज बसेको एमाले ओलि समूहको एकलौटी निर्णयले नेपाल समूहका सबै नेताहरुको जिम्मेवारी खोसेको छ । 

आज बसेको ओलि समूहको बैठकले पुर्व माओवादीबाट ओलि समूहमा लागेका बादल सहित २३ जना नेताहरुलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको श्रोतले जनाएको छ । 

साथै बैठकले २०७८ मंसिर २ देखि ६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय समेत भएको जनाइएको छ । 

उत्त निर्णय एमालेका बरिष्ठ नेताहरु माधव नेपाल तथा झलनाथ खनाल लगायत नेताहरूलाई जानकारी नै नदिई भएको स्रोतको दाबी छ    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको