Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ कम्पनीकाे सेयर सूचिकृत

अर्थ संसार

शनिबार, २९ फागुन २०७७, ०७ : ३८ मा प्रकाशित

नेप्सेमा ८ कम्पनीकाे सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ८ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । स्टकका अनुसार यस साता ६ वटा बैंक, एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीकाे सेयर यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाकाे १२ लाख कित्ता सेयर 

अरुण काबेली पावर कम्पनी लिमिटेडकाे ८ लाख ५६ हजार ५ सय कित्ता बाेनस सेयर

नबिल बैंक लिमिटेडकाे ३ कराेड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बाेनस सेयर

एनएमबि बैंक लिमिटेडको १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता बाेनस सेयर

ज्योति विकास बैंक लिमिटेडको ३४ लाख ९५ हजार २९३.४४ कित्ता बाेनस सेयर

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर 

माछापुच्छ्रे बैंक लिमिटेडकाे ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर 

लक्ष्मी बैंक लिमिटेडकाे ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको