Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, ११ : १९ मा प्रकाशित

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?

स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) ४ सय रुपैयाँले बढेर तोलाको ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (आइतबार) चाँदीको मूल्य भने स्थिर रहेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको