Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर ओरालो यात्रामा सेयर बजार, कारोबार रकम उस्तै

नेप्से

आइतबार, ०१ चैत्र २०७७, १५ : १० मा प्रकाशित

निरन्तर ओरालो यात्रामा सेयर बजार, कारोबार रकम उस्तै

पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रा तय गरिरहेको छ । साताको पहिलो दिन आज (आइतबार) पनि ओरालो यात्रा तय गरेको  छ । आइतबार सेयर बजारमा भारी गिरावट आएको हो । आइतबार कारोबार रकममा पनि गिरावट आएको हो । 

आज सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा पुगेकाे छ । नेप्से २.०८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १०.१० अंकले घटेर ४३५.१३ मा पुगेको छ ।

कूल २ सय ११  वटा कम्पनीकाे ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९५ करोड २७ लाख २२  हजार १ सय ९५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेको छ, भने बाँकी ११ वटा कम्पनीको सेयर घटेको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :-

604dd768df4c0.JPG 604dd76c01e81.JPG 604dd76f6f211.JPG 604dd77295cad.JPG 604dd775ad856.JPG 604dd77908506.JPG 604dd77c83f20.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको