Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी सेयर भर्नुभयाे ? आज अन्तिम मौका

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, ०८ : १८ मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी सेयर भर्नुभयाे ? आज अन्तिम मौका

नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे सेयरमा आवेदन दिने आज (चैत्र २ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आजसम्म मात्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, काेषको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी काेष, नयाँ बानेश्वर, काठमाडाैँ तथा शाखा कार्यालयहरू माेरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604084f79efab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको