Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेन्ज कति ?

अर्थसंसार

सोमबार, ०२ चैत्र २०७७, १३ : ३० मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेन्ज कति ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

कम्पनीको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको आईपिओलाई ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरिएको छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

604f10b7b3b6b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको