Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा कायमै

नेप्से

सोमबार, ०२ चैत्र २०७७, १५ : ०८ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा कायमै

आज (सोमबार) पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । पछिल्लो केहि दिनयता सेयर बजारले  निरन्तर ओरालो यात्रामा रहेको सेयर बजारले आज पनि ओरोलो यात्रा तय गरेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक  दोहोरो अंकले घटेको हो ।

आज नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.०७ अंकले घटेर ४३०.०५ मा पुगेको छ ।

कूल २ सय १२  वटा कम्पनीकाे ९६ लाख ४ हजार ५२९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८४  लाख २४  हजार ६६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेको छ, भने बाँकी ८ वटा कम्पनीको सेयर घटेको छ । 

त्यसैगरी, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकले ४६ करोड ६२ लाख २१ हजार  रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :-

604f285c10966.JPG 604f285ede0da.JPG 604f28619e702.JPG 604f286432391.JPG 604f2866a69a2.JPG 604f286b001eb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको