Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु मालामाल

नेप्से

सोमबार, ०२ चैत्र २०७७, १५ : ०९ मा प्रकाशित

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु मालामाल

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारकाे घट्ने क्रम जारी नै छ । घट्दाे बजारमा पनि हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण भने बढ्दाे छ । साेमबार पनि सर्वाधिक कमाउने १० कम्पनीहरूमा ७ वटा हाइड्राेपावर परेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.०७ अंकले घटेर  २३८९.१९ मा पुगेको छ । नेप्से ०.७५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०७ अंकले घटेर ४३०.०५ मा पुगेको छ ।

त्यसैगरी, साेमबार घटेको बजारमा क्रमश: चन्द्रागिरि हिल्स लिमिटेड, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड,  पञ्चकन्या माई हाइड्राेपावर कम्पनी लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड, युनियन हाइड्राेपावर कम्पनी लिमिटेड, जाेशी हाइड्राेपावर कम्पनी लिमिटेड, हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेड र सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् । 

604f2866a69a2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको