Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका १० कम्पनी

नेप्से

सोमबार, ०२ चैत्र २०७७, १५ : ३७ मा प्रकाशित

यी हुन् सोमबार सर्वाधिक कारोबार भएका १० कम्पनी

साताकाे दोस्रो काराेबार दिन आज (साेमबार) पनि सेयर बजारकाे घट्ने क्रम जारी नै छ । घट्दाे बजारमा पनि हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण भने बढ्दाे छ । साेमबार पनि सर्वाधिक कमाउने १० कम्पनीहरूमा ७ वटा हाइड्राेपावर परेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.०७ अंकले घटेर  २३८९.१९ मा पुगेको छ । नेप्से ०.७५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०७ अंकले घटेर ४३०.०५ मा पुगेको छ ।

त्यसैगरी, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकले ४६ करोड ६२ लाख २१ हजार  रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, उप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसि एशिया बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । 

604f2e9ca348c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको