Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको सेयर दोस्रो बजारमा कतिमा खुल्यो कारोबार ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, ११ : ४० मा प्रकाशित

महिला लघुवित्तको सेयर दोस्रो बजारमा कतिमा खुल्यो कारोबार ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज मंगलबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको छ । संस्थाको पहिलो कारोबारको लागि नेप्सेले ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्मको  ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो । कम्पनीको आईपिओको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीले ११ कित्ता सेयर कारोबार गरेको छ ।

कम्पनीलाई कारोबार गर्नको लागि नेप्सेले  MLBSLसिम्बल दिएको छ । कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणको लागि छुट्याइएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको