Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका यी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, १२ : २९ मा प्रकाशित

आज देशका यी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज (मंगलबार) देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै  पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ । पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।  

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस  छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको