Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने गिरावट

नेप्से

मंगलबार, ०३ चैत्र २०७७, १५ : १० मा प्रकाशित

सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने गिरावट

केहि समय यतादेखि निरन्तर ओरालो यात्रा तय गरेको सेयर बजारले आज (मंगलबार) भने ओरालो यात्रा ब्रेक गरेको छ  । आज नेप्से झिनो  अंकले बढेको हो । यद्यपी कारोबार रकममा भने गिरावट आएको छ । 

आज  सेयर कारोबार मापक नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेकाे छ । नेप्से ०.११ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४४ अंकले बढेर ४३०.४९ मा पुगेको छ ।

कूल २ सय १६  वटा कम्पनीकाे ९० लाख १२ हजार ८५३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ५६  लाख ९९  हजार ३३९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर बढेको छ, भने बाँकी ६ वटा कम्पनीको सेयर घटेको छ । 

त्यसैगरी, आज नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकले १९ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस् :-

605079eea5091.JPG 605079f0d44ca.JPG 605079f39cd5e.JPG 605079fa42899.JPG 605079fca735a.JPG 60507a0064327.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको