Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीका लगानीकर्ता हिस्स

नेप्से

मंगलबार, ०३ चैत्र २०७७, १५ : ४५ मा प्रकाशित

मंगलबार यी कम्पनीका लगानीकर्ता हिस्स

केहि समय यतादेखि निरन्तर ओरालो यात्रा तय गरेको सेयर बजारले आज (मंगलबार) भने ओरालो यात्रा ब्रेक गरेको छ  । आज नेप्से झिनो  अंकले बढेको हो । यद्यपी कारोबार रकममा भने गिरावट आएको छ । 

आज  सेयर कारोबार मापक नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको छ । नेप्से ०.११ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४४ अंकले बढेर ४३०.४९ मा पुगेको छ ।

कूल २ सय १६  वटा कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ५६  लाख ९९  हजार ३३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

झिनो अंकले बढेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रोमोटर सेयर, पन्चकन्या माई हाइड्रोपावर लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, नबिल प्रगति फण्ड, अप्पर तामाकोशी  हाइड्रोपावर लिमिटेड, नेपाल हाइड्रो डेपलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । 

605081fd9f2fc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको