Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

अर्थ संसार

बुधबार, ०४ चैत्र २०७७, ०८ : ०६ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले ५ लाख ८९ हजार ४ सय ३८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ३७ रूपैयाँमा बिक्री खुल्ला गरेकाे हाे ।

 उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6051673b37cfe.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको