Like us!
Follow us!
Connect us!
Watch us!

मालामाल हुँदै हाइड्रोका लगानीकर्ता, आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक वृद्धि

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १५ : १४ मा प्रकाशित

मालामाल हुँदै हाइड्रोका लगानीकर्ता, आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक वृद्धि

आज (बुधबार) सेयर बजार जताततै हरियाे भएर बन्द भएकाे छ । लगातार ओरालो यात्रा तय गर्दै आएकाे सेयर बजार बल्ल हिजाेबाट बढ्न सुरू गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ मा पुगेकाे छ । नेप्से १.६९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० मा पुगेको छ ।

कूल २१२ वटा कम्पनीकाे ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा  ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

सेयर बजारमा हरियाली छाउँदा चन्द्रागिरी हिल्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेड, पन्चकन्या माइ हाइड्रोपावर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता मालामाल भएका छन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको