Like us!
Follow us!
Connect us!
Watch us!

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता भए निराश

नेप्से

बुधबार, ०४ चैत्र २०७७, १५ : २४ मा प्रकाशित

हरियाली बजारमा यी कम्पनीका लगानीकर्ता भए निराश

आज (बुधबार) सेयर बजार जताततै हरियो भएर बन्द भएको छ । लगातार ओरालो यात्रा तय गर्दै आएको सेयर बजार बल्ल हिजोबाट बढ्न सुरू गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ मा पुगेको छ । नेप्से १.६९ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.११ अंकले बढेर ४३८.६० मा पुगेको छ ।

हरियाली बजारमा आज घलेम्दी हाइड्रोे लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने क्रमश: गुडविल फाइनान्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड, नेशलन हाइड्रो कम्पनी लिमिटेड, बैंक अफ काठमाडौं लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड प्रोमोटर सेयर, नेपाल हाइड्रो डेभलपर लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । 

6051cf2f1b20b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको